May 21, 2026

भर्खरै

शर्मिला तामाङको “पाउँदैन है पाउँदैन” मा विश्व दोङको दमदार उपस्थिति

राम्रो पोष्ट २५ पुष २०८२, शुक्रवार
शर्मिला तामाङको “पाउँदैन है पाउँदैन” मा विश्व दोङको दमदार उपस्थिति

टोकियो। गायिका शर्मिला तामाङको नयाँ तामाङ सेलो “पाउँदैन है पाउँदैन” मा गायक विश्व दोङको सशक्त स्वरले गीतलाई विशेष बनाएको छ। शर्मिला तामाङसँगै विश्व दोङको युगल आवाजले प्रेम, भावना र पीडालाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन छोएको छ।

सन २०२६ को नयाँ तामाङ सेलोका रूपमा सार्वजनिक भएको यस गीतमा फूलकुमार बम्जनको शब्द तथा संगीत रहेको छ भने विष्णु तामाङको एरेञ्जमेन्टले आधुनिक स्वाद थपेको छ। गीत सार्वजनिक भएलगत्तै युट्युबमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ, जसको मुख्य कारण विश्व दोङको भावपूर्ण गायन र शर्मिला तामाङको स्थिर गायकी मानिन्छ।

तामाङ संगीत क्षेत्रमा विश्व दोङको उपस्थिति थप सशक्त बन्दै गएको संकेत यस गीतले दिएको छ भने शर्मिला तामाङको प्रस्तुतीले नयाँ पुस्तामाझ तामाङ सेलोलाई अझ लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

लामो समयदेखि जापानमा बसोबास गर्दै आएकी गायिका शर्मिला तामाङ तामाङ संगीत क्षेत्रमा परिचित र लोकप्रिय नाम हुन्। जापानमै रहेर पनि उनले दर्जनभन्दा बढी तामाङ गीत सार्वजनिक गरिसकेकी छन् । प्रवासमा रहेर मौलिक तामाङ संस्कृति र संगीतलाई निरन्तर अघि बढाइरहेकी शर्मिला तामाङ जापानको नेपाली समुदायमा विशेष लोकप्रिय 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट