May 21, 2026

भर्खरै

ओसाका दोतोनबोरीमा रक्तपात: १७ वर्षीय किशोरको हत्या, दुई घाइते — आक्रमणकारी फरार!

राम्रो पोष्ट ३ फागुन २०८२, आइतवार
ओसाका दोतोनबोरीमा रक्तपात: १७ वर्षीय किशोरको हत्या, दुई घाइते — आक्रमणकारी फरार!

जापानको Osaka स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र Dotonbori शनिबार मध्यराति रक्तरञ्जित बनेको छ। राति करिब ११:५० बजे “धेरैलाई चक्कु प्रहार गरिएको” भन्दै पटक–पटक आपतकालीन सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो।
स्थानीय भवनको पहिलो तलामा १०–१९ वर्ष उमेर समूहका तीन किशोरलाई धारिलो हतियारले आक्रमण गरिएको अवस्थामा फेला पारिएको थियो। घाइतेमध्ये नारा प्रान्तका १७ वर्षीय कामाता र्युनोसुकेलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। अन्य दुईको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीका अनुसार करिब २० वर्ष उमेर समूहको पुरुष संदिग्ध कालो ज्याकेट लगाएर पैदलै फरार भएको छ। घटनास्थल नजिकै हतियार फेला नपरेको बताइएको छ।
युवाहरूको भीड लाग्ने ‘गुरिशिता’ क्षेत्र नजिक भएको यो आक्रमणले स्थानीयमा त्रास फैलाएको छ। प्रारम्भिक अनुसन्धानले आक्रमणकारी र पीडितबीच चिनजान हुनसक्ने संकेत गरेको छ। प्रहरीले हत्या अभियोगमा व्यापक खोजी अभियान थालेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट