May 21, 2026

भर्खरै

अनेसास दिवसको अवसरमा जनवरी ११ मा टोकियो कविता कन्सर्ट, पाँच कवि एकै मञ्चमा

राम्रो पोष्ट २५ पुष २०८२, शुक्रवार
अनेसास दिवसको अवसरमा जनवरी ११ मा टोकियो कविता कन्सर्ट, पाँच कवि एकै मञ्चमा

टोकियो — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नियमित साहित्य शृङ्खलाअन्तर्गत टोकियो कविता कन्सर्ट कार्यक्रम आयोजना गर्ने भएको छ। अनेसास जापान च्याप्टरको १७औँ नियमित साहित्य शृङ्खलाका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा जापानमा बसोबास गर्ने पाँच कविका उत्कृष्ट कविताहरूको वाचन रहने जनाइएको छ।

अनेसास दिवस तथा इश्वी संवत्‌को नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको उक्त साहित्यिक समारोहमा साहित्यप्रेमीहरूको व्यक्तिगत तथा संस्थागत उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत जापानमा नेपाली साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

अनेसास जापान च्याप्टरका महासचिव मनोज मौसम केसीले कार्यक्रमको गरिमा बढाइदिन व्यक्तिगत तथा संस्थागत रूपमा सहभागिताका लागि सबै साहित्यप्रेमीलाई हार्दिक आमन्त्रण गरेका छन्।

कार्यक्रम सन् २०२६ जनवरी ११ तारिख, दिउँसो १ बजे आयोजना हुनेछ। कार्यक्रम स्थल टोकियोको ओकुबो स्टेसन नजिकै रहेको ‘नेवा डाइनिङ काठमाण्डु रेस्टुरेन्ट एण्ड बार’ तोकिएको छ। कार्यक्रम स्थलको ठेगाना 〒१६९–००७३, टोकियोतो शिन्जुकु–कु, ह्याकुनिनचो १–१८–९ रहेको अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारीले जानकारी दिए।

कार्यक्रम अनेसास जापान च्याप्टर २०२५–२०२७ कार्यसमिति परिवारको आयोजनामा सम्पन्न हुने जनाइएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट