May 21, 2026

भर्खरै

टोकियोमा नेपाली समुदायद्वारा ‘कालो दिन Gen–Z आन्दोलनमा एक्यवद्धता तथा श्रद्धाञ्जली सभा हुँदै

राम्रो पोष्ट २४ भदौ २०८२, मङ्गलवार
टोकियोमा नेपाली समुदायद्वारा ‘कालो दिन Gen–Z आन्दोलनमा एक्यवद्धता तथा श्रद्धाञ्जली सभा हुँदै

टोकियो । सोमबार नेपालमा उदीयमान युवा पुस्ता Gen–Z  ले सुरु गरेको आन्दोलनमा भएको निर्मम दमन र पीडादायक घटनाप्रति ऐक्यवद्धता जनाउन जापानमा बसोबास गर्ने नेपालीहरूले श्रद्धाञ्जली सभा गर्ने भएका छन् ।

“कालो दिनः Gen–Z आन्दोलनमा एक्यवद्धता तथा श्रद्धाञ्जली सभा“ नाम दिइएको सो कार्यक्रम सेप्टेम्बर ९, २०२५ (मंगलबार) बेलुकी ६ बजे टोकियोको नाकानो जीरो हलमा आयोजना हुने जनाइएको छ।

आयोजकहरूले सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भएर लोकतान्त्रिक मूल्य, मानव अधिकार र नेपालको वर्तमान घटनाप्रति आवाज बुलन्द गर्न हार्दिक आह्वान गरेका छन् ।

सभामा सहभागी हुँदै विदेशमा रहेका नेपालीहरूले मातृभूमिप्रतिको जिम्मेवारी र नागरिक चेतना प्रकट गर्ने आयोजकहरूको विश्वास छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट