May 21, 2026

भर्खरै

नेपालमा घटेको दर्दनाक घटनाप्रति एनआरएनए जापानको शोक, अपराधीलाई कानुनी कारबाही गर्न जोड

राम्रो पोष्ट २३ भदौ २०८२, सोमवार
नेपालमा घटेको दर्दनाक घटनाप्रति एनआरएनए जापानको शोक, अपराधीलाई कानुनी कारबाही गर्न जोड

टोकियो । नेपालमा हालै घटेको दर्दनाक र अमानवीय घटनाप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान (एनआरएनए जापान) ले गहिरो दुःख प्रकट गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “निर्दोष युवायुवतीले असमयमै जीवन गुमाउनुपरेको यो क्षण केवल पीडित परिवारको पीडा मात्र नभई सम्पूर्ण नेपाली समुदायकै साझा पीडा बनेको छ।”

एनआरएनए जापानले अपराधीलाई कठोर कानुनी कारबाही गरी न्याय सुनिश्चित गर्न राज्यलाई आग्रह गरेको छ। साथै मानव अधिकार र शान्तिको संरक्षणका लागि सबै नेपाली एकजुट भई अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ।

संघले संसारभर रहेका नेपालीलाई मातृभूमिप्रति संवेदनशील रहन, हिंसा र अमानवीय गतिविधिबाट टाढा रहन आह्वान गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट