May 21, 2026

भर्खरै

टोकियोमा प्रवास पत्रकारिता–३ लोकार्पण

राम्रो पोष्ट १५ पुष २०८१, सोमवार
टोकियोमा प्रवास पत्रकारिता–३ लोकार्पण

टोकियो। नेपाल पत्रकार महासंघ जापान शाखाले प्रवास पत्रकारिता–३ बिमोचन गरेको छ।

महासंघले आईतवार टोकियो स्थित राइनो हलमा एक कार्यक्रमका माझ स्मारिका बिमोचन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदी, विशेष अतिथिहरु एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी,पूर्व अध्यक्ष मोहन घले र संस्थापक अध्यक्ष तिलक मल्लले संयुक्त रुपमा स्मारिका बिमोचन गर्नुभएको सचिव राजन गौतमले जानकारी दिनुभयो।

८२ पृष्ठको स्मारिकामा जापानमा नेपाली पत्रकारिताको संभावना र चुनौतीसंग सम्बन्धि लेख रचनाहरु समावेश छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नपाली पत्रकारीताले जापानका नेपाली समुदायमा सकारात्मक उर्जा दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरि एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा नेपालीहरुको मृत्यु, आत्माहत्या जस्ता समाचारहरु संप्रेशनमा पत्रकारहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यसैमाझ आइतबारनै नेपाल पत्रकार महासंघ जापान साखाको चौथो साधारण सभा सम्पन्न भएको छ।

साधरण सभामा सचिव राजन गौतमले प्रगति प्रतिवेद र कोषाध्यक्ष अर्जुन लामिछानेले संस्थाको आर्थिक प्रतिवेदन प्रतुत गर्नुभएको थियो।

साधारण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीले पत्रकारहरुको क्षमता अभिवृद्धिदेखि संस्थाका हितमा धेरै काम भएको बताउनुयो।

त्यसैगरि सदस्यता शुल्क, प्रमाणिकरण प्रक्रियामा सुधारको प्रयास भएको उहाँले बताउनुभयो।

नेपाल पत्रकार महासंघ जापान शाखा सन २०११ मा तिलक मल्लको अध्यक्षता स्थापना भएको थियो। पछिल्लो पटकको नविकरण अनुसार पत्रकार महासंघ जापान शाखामा ५८ जना सदस्य रहेका छन्।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट