May 21, 2026

भर्खरै

स्वास्थ्य बिमा बोर्ड दोलखाले निःशुल्क स्वास्थ्य बिमा गर्ने

राम्रो पोष्ट २ कार्तिक २०८१, शुक्रवार
स्वास्थ्य बिमा बोर्ड दोलखाले निःशुल्क स्वास्थ्य बिमा गर्ने

चरिकोट। स्वास्थ्य बिमा बोर्ड दोलखा शाखाले निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

जिल्लाभित्र स्थायी बसोबास गर्ने लोपोन्मुख तथा अतिसिमान्तकृत जाति, आश्रममा आश्रित र महिला स्वयं सेविकाहरूको निःशुल्को बिमा गरिदिने भएको हो।

प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत बिमितहरुको ‘योगदान रकम’ प्रदेस स्वास्थ्य मन्त्रालयले भुक्तानी गर्नेगरि बिमा कार्यक्रम अघि बढेको स्वास्थ्य बिमा बोर्ड दोलखा शाखाका जिल्ला संयोजक सुन्दर श्रेष्ठले बताए ।

यसका लागि जिल्लाको प्रत्येक वडा कार्यालयमा रहेको बिमा दर्ता सहयोगी मार्फत २०८१ साल कार्तिक १ गते देखि कार्तिक मासान्तसम्म स–परिवारको सक्कल नागरिकताको फोटोकपी र १ प्रती पास्पोर्ट साइजको फोटो सहित नयाँ तथा नबिकरण फारम भर्न सकिनेछ।

बिमा गर्न इच्छुकहरुले आफ्नो वडा कार्यलयमा सम्पर्क गर्न सकिने वा थप जानकारीको लागि स्वास्थ्य बिमा बोर्ड दोलखा शाखाको सम्पर्क नम्बर ०४९–४२१४२४ मा समेत सम्पर्क गर्न सकिने बताएको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट