May 21, 2026

भर्खरै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडिजीपी डा. गुप्तालाई अन्तर्राष्ट्रिय एवार्ड

राम्रो पोष्ट १२ मंसिर २०८०, मङ्गलवार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडिजीपी डा. गुप्तालाई अन्तर्राष्ट्रिय एवार्ड

काठमाडौं । हिमाली क्षेत्रमा हुने छाला रोगबारे गरेको रिसर्च सर्वोत्कृष्ट भएपछि डा. तुला कृष्ण गुप्ताले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडिजीपी डा. गुप्ताले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेका हुन्।
८—९ नोभेम्बरमा भएको जनरल प्रायक्टिसनर तथा फ्यामिली मेडिसिनको अन्तर्राष्ट्रिय सम्मेलनमा डा. गुप्ताले हिमाली क्षेत्रमा हुने छाला रोगबारे गरेको रिसर्च सर्वोत्कृष्ट भएको थियो।
क्यानडाको बेस रोउर सेन्टर फर ग्लोबल मेडिसिनको आयोजनामा भएको वर्ल्डवाइड कन्फ्रेरेन्समा प्रस्तुत गरिएका सयौं अनुसन्धानहरुमध्येमा डा. गुप्ताको अनुसन्धान पहिलो भएको हो ।
अनुसन्धान पहिलो भएसँगै उनले ‘डा. प्याट्रिक चेगे मेमोरियल रिसर्च एवार्ड—२०२३’ हात पारेका हुन् ।
‘उच्च हिमाली भेगका छाला रोगको प्रकार र जिपीले त्यसमा खेल्न सक्ने भूमिकामाथिको मेरो अनुसन्धान पहिलो भयो,’ उनले भने, ‘यसबाट औधी खुसी लागेको छ ।’ सप्तरीका डा. गुप्ताको एवार्ड पहिलो भएसँगै उनी सन् २०२४ मा क्यानाडामै गएर उक्त रिसर्च ओरल प्रिजेन्टेसन दिन पाउनेछन् ।
४ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडिजीपी पढेका हुन् । डा. गुप्ताले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ग्लोबल हेल्थ र ग्लोबल मेन्टल हेल्थ दुई विषयमा फेलोसीप गरेका छन् ।
कर्णालीमा जनरल प्रायाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख रहेका बेलायतको युनिभर्सिटी अफ लन्डनबाट ग्लोबल एमबीए—हेल्थ गर्दैछन् ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट