May 21, 2026

भर्खरै

व्यवसायिक फूल खेतीबाट मनग्ये आम्दानी : ४ महिनामा ८ लाख बढिको व्यापार

राम्रो पोष्ट २२ कार्तिक २०८०, बुधवार
व्यवसायिक फूल खेतीबाट मनग्ये आम्दानी : ४ महिनामा ८ लाख बढिको व्यापार

चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा व्यवसायीक फूल खेती सुरु गरिएको छ।
गाउँपालपकाको वडा नं ७ फस्कुका भुषण कार्की सहित ४ जनाको समूहले चर्नावती धाम नजिकै निमाटारमा व्यवसायिक फूल खेती शुरु गरेका हुन् ।
नेपाली सेनामा जागिर खाएर निवृत भएका कार्कीले सेनामा हुँदा कलकत्तामा फूल सम्बन्धी तालिम लिएका थिए ।
जागिरपछि सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङसंग मिलेर १० लाख लगानीमा व्यवसायिक फूल खेती शुरु गरेको उनले बताए।
"साउन महिनाबाट शुरु गरिएको सयपत्री फूल खेतीबाट एक मौसममा ६० हजार केजी उत्पादन गर्ने लक्ष्य राखेका छौँ " उनले भने “दशैं सम्म ८ लाख भन्दा बढीको फूल विक्री भैसक्यो । तिहारमा त्यो भन्दा बढिको विक्री गर्ने लक्ष्य राखेका छौँ।" मिहेनत गरे फूल खेती आम्दानिको राम्रो स्रोत बन्न सक्ने दावी कार्कीको छ।
वर्षैभरी नै फूल फूलाउन कलकत्ते सयपत्रीसंगै तिहारलाई लक्षित गरेर मखमली फूल समेत लगाईको बताउँदै कार्कीले भने "विदेश जान तयार भएका आफ्नै ठाउँका युवाहरुलाई समेटेर गाउँमै व्यवसाय गर्ने सोँच भएकाले फूल खेती गरेको हौँ।"
फूल खेतीको लागि अनुभव कृषि तथा पशुपंक्षि कृषि फर्म दर्ता गरेका छन् । अहिले कलकत्ते टेन्स बल सयपत्री र स्थानीय रैथाने जातको सयपत्री गरी आफुहरुसंग ८५ हजार भन्दा बढी विरुवा रहेको भुषणले बताए । कलकत्ते टेन्सबल सयपत्री एक केजीको ६५ हजार तिरेर भारतको कलकत्ताबाटै ल्याईएको भुषणले बताएका छन्।
उनीहरुले एक केजी सयपत्री फूलको दुई सय रुपैयामा बिक्रि वितरण गर्दै आएका छन् । तयारी माला भने एक मीटरको एक सय रुपैयामा र लगाउने माला प्रतिगोटा एक सय ५० रुपैयासम्ममा बिक्रि गर्ने उनीहरुले बताएका छन् । तिहारमा ४० हजार केजीसम्म बिक्रि गर्न सकिने अनुमान गरेको उनीहरुको भनाई छ । आफ्नो फर्ममा नर्सरी समेत रहेको र कटिङ गुलाफ, बेमौसमी सयपत्री लगायतका फूल समेत हुने भुषणले बताए ।
"जिल्लामा हुने सामाजिक,साँस्कृतिक,धार्मिक र उत्सवहरुमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक फूल खेतीमा लागेका हौ।" कार्कीले भने " "सबै प्रकारका कार्यक्रममा विदेशी खदाको सट्टामा जिल्लामै उत्पादित फूलको माला प्रयोग गर्न सके फूलको माग अझै बढ्न सक्छ।"
अहिले फूल खेती हेर्न दैनिकजसो थुप्रै आन्तरिक
फूलको माग दोलखा जिल्ला मात्रै नभइ रामेछाप र काठमाण्डौबाट समेत आइरहेको उनले बताए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट